३० चैत्र। सप्तरीको सप्तकोसी नगरपालिका गङ्गाजलीकी २२ वर्षिया वर्षा लेखी थारु मिस नेपाल २०१६ को उपाधी प्राप्त गर्न सफल भएकी छिन् ।प्रतियोगिताकी अन्य प्रतिष्पर्धीलाई उछिन्दै उनी हालै मिस नेपालको उपाधी पाउन सफल भएकी हुन् । मिस नेपाल इन्टरनेशनल रनरअपको उपाधिसँगै पचास हजार नगद राशीसहित नेपाल वायुसेवाको टिकटबाट विश्वको जुनसुकै ठाउँमा भ्रमण गर्न पाउने सुविधा प्राप्त गरेकी छिन् ।
काठमाण्डौ स्थित अन्नपूर्णा होटलमा आयोजना गरिएको प्रतियोगितामा मिस नेपाल अन्तर्गत अस्मी श्रेष्ठ र रोशनी खत्री फस्ट रनर अपको उपाधी प्राप्त गरेकी छिन् । यसभन्दा अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भए पनि थारु समुदायबाट मिस नेपाल हुने वर्षा पहिलो थारु महिला हुन् । नेता राजकुमार लेखीकी छोरी वर्षा वातावरण विज्ञानमा बीएससीमा अध्ययनरत छिन् । पाँच फीट छ इन्च उँचाइ भएकी उनी चित्रकला र नृत्यमा समेत सानैदेखि रुची राख्दैआएकी छिन् । वर्षाले भविष्यमा कुशल राजनीतिज्ञ बन्ने सोच राखेकी छिन् ।