Gyanendra king raja

३० चैत्र, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिदै वर्तमान शासकीय शैलीले देश कमजोर भएको बताएका छन् । मंगलबार विज्ञप्ति मार्फत नयाँ वर्ष २०७३ को शुभकामना दिदै ज्ञानेन्द्रले भनेका छन्, ‘राज्य संयन्त्रलाई व्यक्तिगत लाभामा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको छ ।’

ज्ञानेन्द्रले देशको अवस्थाबारे चिन्ता व्यक्त गर्दै पौराणीक कहानीलाई समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले राष्ट्र सम्बन्धी अवधारणा नै कमजोर भएको भन्दै सन्देशमा लेखेका छन्, ‘राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्ण बीचको फाटो नोक्सानदायी भइसकेको छ ।’  उनले नेपालीलाई नेपालमा दह्रो खुट्टा टेक्नेगरी देशभक्तलाई समेटेर अघि बढ्नुपर्ने समेत बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपालीलाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीनता प्रमुख रओस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तलाई समेटेर अगाडि बढ्नु आवश्यक भइसकेको छ ।’ शुभकामना सन्देशको पूर्णपाठ…………….

Ganendra-press-new year 2073

अन्न्पुर्ण पाेष्टबाट

तपाईको प्रतिक्रिया