३० चैत्र, सप्तरी।नयाँ वर्षको अवसरमा राजविराजमा बैशाख २ गतेदेखि फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । फुटबल खेलको खडेरी भइरहेको अवस्थामा स्थानिय युवा फुटवल खेलाडीहरुको अग्रसरतामा प्रथम राजविराज फुटबल प्रतियोगिता हुँदैछ । फुटबल खेलाडीहरु आफ्नै लगानी र अग्रसरतामा राजविराज फुटबल क्लव गठन गरी प्रतियोगिता आयोजना गर्न लागेको अगुवा उमेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका बिभिन्न आठ वटा क्लव र प्रहरी टोलीको समेत प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल सगरमाथा अंचल प्रहरी कार्यालय र तेरहौता टिमबीच हुने आयोजजक समितिका प्रज्वल बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई रु १५ हजार र दोस्रो हुने टिमलाई रु ७ हजारसहित मेडल, कप र प्रमाण पत्र दिइनेछ । प्रतियोगिताका सहभागि टिमहरुलाई यातायातको सुविधा समेत दिइने जनाइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्ण सह...
कोशीमा राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन
सुनसरीमा आजबाट तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हा...
कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै
सुनसरीको कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । कोशी गाउँपालिकाको कार्यालय र इनरुवाको सृष्टी समाज...
चक्रघट्टीले जित्यो इनरुवा नक–आउट फुटबलको उपाधि
इनरुवामा समपन्न नक–आउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टीको कल्चर ग्रीन क्लबले जितेको छ ।फाइनलमा रुसडिक फुटबल क्लब इटहर...
नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका ...
पञ्जाब ८ विकेटले विजयी
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ । सारजहा मैदानमा राति सकिएक...