वीरगंज, २ कार्तिक । वीरगंजमा थारु मधेशी एकता जिन्दाबाद भन्दै आईतबार विशाल जुलुस निस्केको छ । यसपटक तराई मधेशका दुबै समुदाय सँगसँगै आन्दोलनमा होमिएका हुन् ।

अईतबारको जुुलुसमा थारु समाज पर्साका अध्यक्ष होम नारायण चौधरी र पूर्व मन्त्री मोहनलाल चौधरीलगायतको नेतृत्वमा हजारौं थारुहरु वीरगंज नाकामा रहेको मैत्री पुलमा धर्ना दिन पुगे ।

थारु समाजले निकालेको जुलुस निकै आकर्षक र भव्य थियो । जुलुसमा हाथीमा सवार भएर आन्दोलनकारी आएका थिए भने तलबार, खुकुरी, लाठीलगायतका थारु मधेशीका मौलिक हातहतियारको प्रयोग गर्दै शक्ति प्रदर्शन र झाँकी पनि निकालिएको थियो ।

जुलुसमा थारु मधेशी एकता जिन्दाबाद, थारु मधेशी भाईभाईलगायतका नारा लगाइएका थिए ।साभार: हुलाकि न्युज

tharuhat-madheshi-morcha

tharuhat-madheshi-morcha4

tharuhat-madheshi-morcha5

तपाईको प्रतिक्रिया