२ बैशाख, धनकुटा । धनकुटाको लेगुवा–१ छुम्लिङमा भीषण आगलागी भइरहेको छ । दिउँसो अचानक सुरु भएको आगोले हालसम्म ११ घर जलेर नष्ट भइसकेका छन् ।स्थानीयका अनुसार शान्तिराम पौडेल, तोयानाथ पौडेल, रोमन अधिकारी, लक्ष्मी लामिछाने, सचिन्द्र लामिछाने, गजेन्द्र लामिछाने, नारायण लामिछाने, कमल तामाङ, इन्द्रबहादुर तामाङ, दामोदर दाहाल र रामबहादुर तामाङको घर जलेका छन् ।

अझै केही घर आगोको जोखिममा रहेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगो नियन्त्रणका लागि जितपुर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । यता जिल्ला सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया