मुम्बाई – बलिवुड सुपरस्टार सलमान खानको विवाहको विषय पुनः चर्चामा आएको छ । तर, यो खबर भारतबाट नभएर रोमानियाबाट फैलिएको हो । मिडिया रिपोर्टका अनुसार रोमानियाको बुखारेस्टमा गुपचुप रुपमा लुलिया वन्तुरले सलमानसँग इन्गेजमेन्ट गरेको र आगामी वर्षसम्म विवाह गर्ने दाबी गरिएको छ । लुलिया करिब ५ हप्ताअघि बुखारेस्ट पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार त्यही सलमान र लुलियाले गुपचुपरुपमा इन्गेजमेन्ट गरेका थिए । यसअघि मे महिनामा सलमानले कथित गर्लफ्रेन्ड लुलियासँग विवाह गर्ने मन बनाएको समाचार बाहिर आएको थियो । तर, त्यसलाई सलमान निकट स्रोतले खण्डन गरेको थियो । सलमान र लुलियाको इन्गेजमेन्टको खबर रोमानियाको वेभसाइट www.wowbiz.ro मा आएको थियो । यस साइटमा लुलियाको फोटो र भिडियो सेयर गरिएको छ जहाँ लुलियाको हातमा इन्गेजमेन्ट औंठी देखिएको छ । अघिल्लो वर्ष सलमानको बहिनी अर्पिताको विवाहमा सलमानले लुलियालाई आफ्नो परिवारसँग मिलाएका थिए । लुलिया रोमानियाकी वासिन्दा हुन् । उनी मोडलका साथै टिभी होस्ट हुन् । लुलिया यसअघि विवाहित थिइन् तर उनको सम्बन्ध विच्छेद भइसकेको छ । रातोपाटी बाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कमेडियन भारती सिंहको घरमा छापा
बलिउड ड्रग्स केसमा भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको न...
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि
हाँस्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्ज...
संविधान दिवसको अवसरमा पुरस्कार वितरण
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृति...
हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायक...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्...
आलिया भट तनावमा
सुशान्तको निधन भएपछि बलिउडकी चर्चित अभिनेत्री आलिया भट तनावमा रहेकी छन् । पछिल्लो समय उनलाई अहिलसम्मकै ठूलो झड्का लागेको...