railway३ वैशाख, काठमाण्डाै । नेपाल र चीनबीच लामो समयदेखि ऐतिहासिक गाढा सम्बन्ध रहँदै आएको छ । राजनीतिक, आर्थिक, सामाजिक लगायतका सवालमा पनि छिमेकी चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहँदै आएको छ ।यीनै सम्बन्धका आधारमा विश्वको सुपर पावर बन्दै गएको चीनसँग केही हप्ताअघि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले विकासका थुप्रै ढोका खोलिदिने गरी पारवाहन लगायतका सम्झौताहरु गरेको छ ।

यो नेपालका लागि खुसीको कुरा हो । तर यस्ता सम्झौता र सल्लाह यसअघि पनि हुने गरेका र कार्यान्वयन पक्ष फितलो हुँदा ती सम्झौताहरु फिका भएका इतिहास पनि हामीले देखेका छौ । यही प्रसंगलाई यहाँ एउटा ऐतिहासिक प्रसंगसँग जोड्न खोजिएको छ ।नेपाल र चीनबीच तीन दशकअघि दुवै देशका राष्ट्राअध्यक्ष बीच एउटा गहन छलफल भयो ।

तत्कालीन राजा वीरेन्द्र र चिनियाँ कम्युनष्ट पार्टीका अध्यक्ष माओत्सेतुङबीच नेपाल र चीनबीच अब विकास कार्यक्रममा साझेदारी गरेर जानुपर्ने कुरामा छलफल भएको थियो । सन् १९७३ डिसेम्बर ९ मा भएको सो छलफलमा अध्यक्ष माओले चीनले चिन्घाई–तिब्बत रेलमार्ग बनाउन लागेको र त्यो रेलमार्ग ल्हासामा अन्त्य नभई सिधा नेपालको राजधानी काठमाण्डु पुग्ने विश्वास राजा वीरेन्द्रलाई दिलाए । यसले राजा वीरेन्द्रमा पूर्ण विश्वास भयो कि अब चीनको विकासको तिब्रताले राजधानी काठमाण्डुलाई पनि केही वर्षभित्रै छुँदैछ ।

त्यसको केही दिनमै चीनको लोकप्रिय साप्ताहिक पत्रिका जियाङ शिजी, पिपुल्स रिभ्यु साप्ताहिकले यो खबर पहिलो पटक छापेको थियो । त्यसपछि चीनको तिब्बत हुँदै नेपाल भित्रिने रेलमार्ग लगायतका विकासका मोडलहरुबारे बहस उठान भयो र अहिले चीनले सोही अवधारणा अन्तर्गत नेपालको सीमाना छेउसम्म् रेलमार्ग विस्तारको कामलाई तिब्रता दिइरहेको छ । उसको योजना भारतीय सीमासम्म रेलमार्ग लैजाने योजना रहेको सोही बेलैको उक्त समाचारले संकेत गरेको थियो ।

भनिन्छ, करिब ५ हजार मिटरको उचाईमा रहेको चीनको गोलमुढ–ल्हासा रेलमार्ग निर्माण गर्न करिब ५ वर्ष लागेको थियो । ल्हासादेखि सिगात्सेसम्म रेलमार्ग बनिसकेको छ । सोही रफ्तारमा रेलमार्ग बनेको भए नेपालको सीमाना कटेर रेलमार्ग नेपाल भित्रिसकेको हुन्थ्यो । ल्हासा–सिगात्से रेलमार्ग बनेको पनि धेरै वर्ष भैसकेको छ ।

ल्हासादेखि खासासम्म ७६३ किमी पर्छ भने त्यसको आधाभन्दा बढी भाग त अहिले निर्माण भैसकेको छ । तर चीनले नेपालमा भरपर्दो स्थायी राजनीतिक संरचना र अन्य विकल्प नपाएर अकमन्यतामा फस्दा सीमासम्मको रेलमार्गलाई समेत विस्तार गर्न ढिलाई गरेको देखिन्छ । तर चीनसँग यो सवालमा जोडिएका तीन विकल्पहरु देखिने सरोकारवालाहरु बताउँछन् ।

– See more at: http://purbelinews.com/25448#sthash.LYdtvxlF.dpuf

पहिलो, ल्हासा–खासा–काठमाण्डु हुँदै बीरगञ्ज र लुम्बिनी, दोश्रो, ल्हासा, केरुङ रसुवागढी–बीरगञ्ज, पोखरा र लुम्बिनी र तेश्रो ल्हासा किमाथान्का हुँदै जोगवनीसम्म । करिब १४ सय १४ दशमलव ८८ किमी लामो नेपाल चीन सीमामा यी तीन नाका सञ्चालनमा ल्याउन सकिन्छ ।ल्हासा र काठमाण्डुबीचको दूरी ८९० किमी रहेको छ । चीनले अहिले काठमाण्डुलाई विशेष ढंगले हेरेको छ ।

ल्हासा, खासा र काठमाण्डुबीचको बाटोलाई भारतसम्म पुग्नका लागि केही असहज देखेको भएपनि यही बाटो हुँदै उसले रेलमार्ग अघि बढाउने बहस चलाइरहेको छ । दोश्रो, ल्हासा –रसुवागढी रेलमार्ग । यो रेलमार्गको लम्बाई १२ सय ३३ किमी पर्छ । चीनले यो रेलमार्गको योजना ल्हासादेखि वीरगञ्जसम्म जोडेको देखिन्छ ।

तेश्रो, ल्हासा देखि किमाथान्का हुँदै जोगवनीसम्मको रेलमार्ग । यसको लम्बाई ९सय १० किमी पर्दछ । यसलाई नेपालले किमाथान्का हुँदै अरुण नदी किनारै किनार सुनसरीको चतरासम्म विस्तार गरी चतरा नहरको बाटो हुँदै सुनसरी मोरङबाट इटहरी हुँदै जोगवनी पुर्याउन सकिने देखिन्छ ।

यी तीन बिकल्पमा अहिले चीनले ल्हासा–काठमाण्डु–वीरगञ्ज वा ल्हासा रसुवागढी–वीरगञ्जलाई प्राथमिकता दिने तयारी गरिरहेको छ । यसका लागि नेपालको पहल समेत आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । लम्बाईको हिसावले अरुणतर्फको बाटो छोटो भएपनि राजधानी काठमाण्डु, पोखरा र भगवान बुद्धको जन्मभूमीलाई समेत ध्यान दिदै चीनले यी दुई राजमार्गलाई प्राथमिकता दिन सक्ने बताइन्छ ।  प्रस्तूति–रंगलाल रिमाल . काठमाण्डु टुडेबाट

तपाईको प्रतिक्रिया