Kp-oli३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक रुपमा निकै बाठो नेताका रुपमा लिइन्छ । उनी निकै चतुर छन् र तेज पनि । उनले गर्ने हरेक निर्णयहरुमा उनको चातुर्यताले काम गरेको हुन्छ । यस्तै भएको छ, कि प्रधानमन्त्रीले आफुलाई चातुर देखाउने प्रयास मात्रै गरेका छैनन्, उनको गोप्य रहस्यको खुलासा समेत भएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ज्योतिषहरुलाई नै आश्चर्यमा पार्नेगरी आफ्नो गोप्य कुरा खुलासा गराएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनको अन्तिममा भविष्यको संकेत गर्ने ज्योतिषीका बारेमा केही शब्द खर्च गरेका थिए । उनले बोलेका ती शब्दहरु ज्योतिषीहरुनै अचम्ममा पर्ने रशह्यमयी थिए ।उनले सम्बोधनमा ओलीले ज्योतिषशास्त्रले २०७३ साललाई राम्रो वर्ष भनेको र विकास र समृद्धिका धेरै कामहरु अघि बढ्ने संकेत गरेको बताएका थिए ।

यतीसम्म की उनले ०७३ सालमा यस वर्षका राजा शुक्र तथा मन्त्री बुधको आपसी सम्बन्ध मित्रवत रहने हुँदा समाजमा सुखद स्थिति निम्तिने सम्भावना रहेको बताए । उनले ०७३ साल सौम्यनामक संवत्सर हो, ज्योतिषमा विश्वास गर्नेहरुका लागि पनि यो वर्ष सुखद छ भनेका थिए ।उयनले सरकार जटिल परिस्थितिमा भएतापनि देश र जनताका लागि काम गर्छ भन्ने संकेत ज्योतिषहरुबाट आएको छ । हामीले त्यसमा विश्वास गरेका छौं भनेका थिए । भनिन्छ कम्युनिष्टहरु भाग्यमा हैन कर्ममा विश्वास गर्दछन् । तर, ओली भने भाग्यमा पनि विश्वास गर्ने रहेछन् भन्ने खुलासा भएको थियो ।कतसिम्म भने प्रधानमन्त्री भएर बालुवाटार जाँदा समेत केही नहेरेका उनले अहिले भने फरर बताए । ओलीको चैत्र मसान्तको सम्बोधनले ज्योतिषहरु पनि अचम्ममा परेका छन् भने ओलीको चार्तुयता र अध्ययन शैलिलाई सबैले अचम्म मानेका छन् ।

तपाईको प्रतिक्रिया