DSC01604

कात्तिक ३ इनरुवा /अमर काफ्ले
सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिण बबिया स्थित रहेको परापूर्वकालिन भगवति मन्दिरमा विधिविधान अनुसार फूलपाती भित्र्याइएको छ । आश्विन शुक्ल सप्तमी अर्थात दशैंको सातौ दिन आज भगवति मन्दिरमा देवीको विशेष पुजाआजा सहित फूलपाती भित्र्याइएको हो ।
भगवति मन्दिर व्यवस्थापन समिति बबियाले फूलपातीका अवसरमा मन्दिर परिषरमा विषेश कार्यक्रमको समेत आयोजना गरेको थियो ।
फुलपातीको हर्ष बढाईका क्रममा यस अघिका वर्षहरुमा नेपाली सेनाको टोलीले सलाली दिने गरेको भएपनि यस पटक भने सेनाको टोली फुलपाती बढाईमा सहभागि भएन् ।

DSC01608
ससस्त्र प्रहरीको टोलीले फुलपाती भित्र्याउने शुभ साइतमा सलामी अर्पण गरेको थियो ।
सो फुलपाती भित्र्याउने कार्यक्रम हेर्न भगवति मन्दिरमा स्थानीयका साथै दर्शनार्थीहरुको भिड लागेको थियो ।
परापूर्व कालदेखि बबिया स्थित रहेको भगवति मन्दिरमा घटस्थापनाको दिनदेखि विशेष पुजाआजा गरिन्छ । नवरात्रा अवधीभर मन्दिरमा विशेष मेला समेत लाग्ने गर्दछ । सप्तमी, अष्टमी र नवमीका दिन मन्दिर विशेष पुजा आजा सहितका कार्यक्रम गरिने मन्दिर व्यवस्थापन समितिका विनोद खनालले बताए ।

तपाईको प्रतिक्रिया