12987981_1045611178820142_1085197770_n
बैशाख ५ इनरुवा /मनसुनको समय अगावै सुनसरी प्रशासनले सरोकारवालाहरुलाई पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले सप्तकोशी नदीले निम्त्याउन सक्ने बाढीको खतरालाई आकंलन गर्दै सरोकारवालाहरुलाई सोही अनुरुप पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
इनरुवामा सहभागी विपद न्यूनिकरणका सवालमा कार्यरत जिल्लाका सरोकारवाला र सुरक्षा निकायका पदाधिकारीहरुलाई बाढी पूर्व तयारीमा डटेर लाग्न प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले निर्देशन दिनुभएको हो ।
कार्यक्रममा सुरक्षा निकायका पदाधिकारी, कोशी क्षेत्रमा विपद न्यूनिकरण तथा चेतना अभिवृद्धिका सवालमा कार्यरत संघसंस्थाका प्रतीनिधी लगायतले पूर्व तयारीका बारेमा भैरहेका गतिविधीका बारे जानकारी गराएका थिए ।
बाढी पूर्व सूचना प्रणाली र विपद जोखि न्यूनिकरणका सवालमा नेपाल रेडक्र्स सोसाइटीसँगको समन्वयमा काम गर्दै आएको प्राक्टिकल एक्सनले विगतका वर्षहरुको अनुभवका आधारमा पूर्व सचेतनाका कार्यक्रमहरु संचालनमा ल्याइसकिएको प्राक्टिकल एक्सनका कार्यक्रम संयोजक बुद्धि पौड्यालले बताए ।
वर्षायामको सुरुवात संगै कोशी नदीमा उर्लने भेलले तटबन्ध भत्काउन सक्ने त्रासका कारण कोशी किनारका साथै सुनसरी सहित आसपासका छिमेकी जिल्लावासीमा वर्षेनी त्रास उत्पन्न गराउदै आएको छ । अघिल्लो वर्षको तुलनामा यस पटक भारतीय पक्षले तटबन्ध मर्मतको कार्यलाई तिव्रता दिएकाले बाँध भत्कन सक्ने सम्भावना अलि न्यून रहेको स्थानीय जानकार रविन घिमिरे बताउँछन् । यद्यपी केही स्परहरुमा भने बर्षेनी कटानको खतरा देखिने भएकाले ढुक्क भएर बस्न सक्ने अवस्था भने नरहेको घिमिरे बताउँछन् ।

तपाईको प्रतिक्रिया