५ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले ठगी गर्दै हिड्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।
सरकारले निशुल्क वितरण गर्ने गरेको झुल बिक्रि गर्दै हिड्ने एकजनालाई प्रहरीले मोरङको खोर्साने बाट नियन्त्रणमा लिएको हो । नेपाल सरकारको लोगो भएको झुल बेच्दै हिड्ने छविलाल काफलेलाई विशेष सुचनाका आधारमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ काठमान्डौ घर बताउने ६१ वर्षीय काफलेले काठमाण्डौका बिन्दलाल श्रेष्ठको पसलमा किनेको भ्याट विल समेत देखाएकाले ठगि गर्ने गिरोहनै हुन सक्ने प्रहरीको अनुमान रहेको छ । ठगि गर्दै हिड्ने काफलेलाई थप अनुसन्धान गरि ठगीको आरोपमा मुद्धा चलाईने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख मेघराज थापाले बताए ।

तपाईको प्रतिक्रिया