charpi toilet

६ वैशाख, रबिन्द्र साह, सप्तरी।(फाइल फोटो) आफ्नो गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएर हिडेका गाविस सचिवहरुकै घरमा चर्पी न भएको तथ्य बाहिर आएको छ । यो तथ्य बाहिर तब आयो जब सचिब आफै यो कुरा स्वीकार गरे । सन् २०१७ सम्ममा नेपाललाई र सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका कत्तिपय गाउँ विकास समितिका सचिवहरुको घरमा नै चर्पी नरहेको पाईएको छ ।

जिल्लाको औरही र झुटकी गाउँ विकास समितिका सचिवको घरमा अझै चर्पी नरहेको तथ्य फेला परेको छ । सन २०१६ सम्ममा गाविसलाई खुुल्ला दिसा मुक्त बनाउँने जिम्मा पाएका गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक समेत रहनुभएका औरही र झुटकी गाविसका गाविस सचिव देव नारायण यादवले अझै आफनो घरमा चर्पी बनाएका छैनन् । चर्पी नहुँदा उहाँ अहिले बाहिरै गएर दिसा पिसाव फेर्ने गरेको गाविस सचिव यादवले एक कार्यक्रममा आफैले स्वीकार गर्नुभएको छ ।

यसअघि गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा उहाँले फागुन महिनाभित्रमा आफ्नो घरमा चर्पी बनाउँने प्रतिवद्धता जनाएपनि अझै उनले आफ्नो घरमा चर्पी बनाएका छैनन् । यता गाविसका स्थानियहरुलाई घर घरमा चर्पी बनाउन विभिन्न खाले सरकारी नियम सिकाउँदै हिडेका सरोकारवाला संस्थाहरुले गाउँ विकास समितिका सचिव तथा सरकारी कर्मचारीहरुको घरमा पहिला चर्पी बनाउँने तर्फ ध्यान दिन सकेका छैनन् । पहिला सरकारी कर्मचारीहरुले आ–आफ्नो घरमा चर्पी नबनाए सरकारी स्तरबाट पाउने विभिन्न सेवा सुविधाबाट कटौती गर्ने निर्णय समेत गरेको छ । हाल सम्ममा सप्तरीको २० वटा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भइसकेको छ ।

तपाईको प्रतिक्रिया