tourist-visit-nepal

७ वैशाख, नरेन्द्र बस्नेत मोरंग । भारतले गरेको अघोषित नाकावन्दी तथा मधेशी मोर्चाले गरेको तराई बन्दका कारण खस्केको पर्यटन ब्याबसाय केहि दिन देखि पुन फस्टाउन थालेको छ । संविधानको विषयलाई लिएर भारतले गरेको अघोषित नाकाबन्दीको मारमा पर्यटकीय क्षेत्र परेपनि केहि दिन देखी पुन पर्यटकको चहलपहल हुन थालेको व्यवसायीहरुले वताएका छन । पर्यटकीय क्षेत्रमा चहलपहल घटदै जाँदा त्यसको मारमा होटल ब्यावसायी समेत परेका थिए ।

दैनिक रुपमा हजारौ रुपैयाँ घाटा हुने गरेको होटल व्यवसायिहरुले वताएका छन । वाह्य पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्रकोे विस्तार गरेपनि राजनीतिक अस्थिरता वढदै जाँदा वाह्य पर्यटक ल्याउन ठुलै कसरत गर्नुपरेको वेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्वर बस्नेतले वताए । यस्तै पूर्वमा पर्यटकीय सम्भावना बोकेका धेरै प्राकृतिक सम्पदा प्रचारप्रसारको अभावभा ओझेलमा पर्ने गरेका छन । सम्वधित निकायले ध्यान नदिँदा पर्यटकीय क्षेत्र ओझेलमा पर्ने गरेका हुन ।

तपाईको प्रतिक्रिया