12990838_891114794330908_5096407300158115307_n
अमर काफ्ले ,बैसाख ७ इनरुवा/सुनसरीको इनरुवा सहित आसपासका क्षेत्रमा पछिल्ला केहिदिन यता बढ्दो चोरीका घटनासँगै चोर नियन्त्रणमा लिन नसकेको आरोप झेलिरहेको सुनसरी प्रहरीले अन्नतः ठूलै सफलता हात पारेको छ ।श्रृङखलावद्ध चोरीका घटना पछि सकृयता बढाएको प्रहरीले चोरीको घटनामा संलग्नताको आधारमा २ जनालाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले लाखौंका सुनचाँदीका गरगहना चोरीमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।गहना सहित पक्राउ गरेका इनरुवा २ का १७ वर्षिय रोशन पोदार र इनरुवा ५ का १९ वर्षिय बिमल मण्डललाई प्रहरीले सार्वजानिक गरेको हो ।

13062482_891114790997575_8637857742515403021_n
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बैसाख २ गते राती इनरुवा ५ स्थित प्रकाश अधिकारीको कोठाबाट भएको ५ लाख ३४ हजार मुल्य बरावरका सुनचाँदीको गहना चोरीमा पोदार र मण्डल संलग्न भएको पाइएको हो । पसल चोरीमा संलग्नताको आधारमा पक्राउ परेका मण्डलले प्रहरीसामू दिएको बयानका आधारमा पोदार पक्राउ परेका हुन् ।तालाचाबी फुटाई अधिकारीको कोठाबाट चोरी भएको सुनचाँदीका गरगहना इनरुवा २ स्थित निर्माणाधिन एक घरमा खाल्टो खनेर गाडेको अवस्थामा प्रहरीले फेला परेको पारेको जनाएको छ । प्रहरीले दुईथान खुकुरी समेत बरामद गरेको छ ।

इनरुवा क्षेत्रका पसलहरु चोरीमा संलग्नताको आधारमा पक्राउ परेका मण्डललको घरमा खानतलासीको क्रममा गरगहना सहित विभिन्न दरका रुपैंया ८ हजार रुपैंयाका साथै पुराना ढ्याकहरु बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो ।
पछिल्लो ३ महिनायता इनरुवा क्षेत्रका अशोक बोथरा, गिरिराज अटल, सुनिल अटल, राईको मोवाईल पसलबाट बिभिन्न प्रकारका मोवाईल, सिम कार्ड, रिचार्ज कार्ड सहित नगद चोरी भएको थियो । घटनामा अन्यको समेत संलग्नता हुन सक्ने बताउने प्रहरीले त्यसतर्फ समेत अनुसन्धान थालिएको जनाएको छ । चोरीका सामान झापाको बजारमा लगेर विक्री गर्ने गरेको समेत खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया