ताप्लेजुङ / ताप्लेजुङ संग सिमाना जोडिएको चिनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर गएराती ४.४ रेक्टरस्केलको भुकम्प गएको छ । राती ११ बजेर ७ मिनेटमा गएको भुकम्पको धक्का ताप्लेजुङ सहित पुर्वका अधिकाँस जिल्लामा समेत महसुस गरीएको थियो ।  ताप्लेजुङ सदरमुकाम सहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका गाविसमा भुकम्पको ठुलो धक्का महसुस गरीएको स्थानियबासीले बताएका छन् । भुकम्पको केन्द्रविन्दु जमिनको सतह भन्दा नजिकै भएकाले निकै ठुलो धक्का महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प जानासाथ यँहाका स्थानिय घरबाहिर निस्किएका थिए । भुकम्पले निकै हल्लाए पनि त्यस बाट भएको क्षतिको जानकारी कतै बाट नआएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ । गत वर्षको वैशाखमा गएको विनासकारी भुकम्प पछि समय समयमा ठुलठुला भुकम्प आईरहेकाले स्थानिय त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया