saptari gahu kami

९ वैशाख, रविन्द्र साह, सप्तरी।सप्तरीमा यस वर्ष गहुँ उत्पादनमा एक मेट्रिक टन प्रति हेक्टर कमि आएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले दिएको जानकारी अनुसार सप्तरीमा गत वर्ष २४ हजार हेक्टरमा गहुँ बाली लगाइएको थियो भने यस वर्ष २५ हजार हेक्टरमा गहुँ बाली लगाईएपनि उत्पादनमा कमि आएको छ ।

गत वर्ष २.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको थियो भने यस वर्ष सुख्खा क्षेत्र भएको तथा समयमा वर्षा नहुँदा सिंचाईको अभावमा १.५ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको छ । गत वर्ष सप्तरीमा कुल ६० हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष ३७ हजार ५ सय मेट्रिक टन मात्र गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

समयमा वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएका कारणले यस वर्ष गहुँ उत्पादनमा कमि आएकोमा दुख ब्यक्त गर्दै सप्तरीको बरही बिरपुर गाविस ७ का किसान वौआ लाल यादव भन्छन, “गहुँ उत्पादनमा कमि आएकोले आफु जस्ता अन्य किसानहरुलाई वर्षभरी गहुँ खान पुग्दैन् ।”

तपाईको प्रतिक्रिया