rajdevi-mndir-318x450५ कात्तिक । जनपुरधामको राजदेवी मन्दिरमा यस वर्ष बली प्रदान गर्नेहरुको संख्या घटेको छ । जारी मधेश आन्दोलनले गर्दा यस वर्ष पहिलेको भन्दा कम संख्यामा बली प्रदान भएको विश्लेषण गरिएको छ । यसवर्ष राजदेवी मन्दिरमा कुल १३,८०१ वटा बोकाको बली चढेको मन्दिर प्रशासनले जनाएको छ । गएको वर्ष १४,५६१ वटा बोकाको बली चढेको थियो । महाअष्टमीको अवसरमा बुधबार राति ८ ः ०५ बाट सुरु भएको बली प्रदान बिहिबार बिहान ३ बजेर १० मिनेटसम्म जारी थियो ।हुलाकि न्युजबाट

 

तपाईको प्रतिक्रिया