New Image

अमर काफ्ले , बैशाख १० इनरुवा/ इनरुवा नगरपालिका कार्यालय पछिल्ला दिनमा सूचना प्रविधिको विकासमा अग्रणी देखिन थालेको छ ।
सुनसरीका सरकारी कार्यालयहरु मध्ये समयको माग सँगै सर्वसधारणको सेवा सुविधाको चुस्तता र पार्दशितालाई ध्यानमा राखी सूचना प्रविधीको विकासको सवालमा इनरुवा नगरपालिका अग्रणी देखिएको हो ।
इनरुवा नगरपालिका कार्यालयले कार्यालयबाट खरिद हुने सम्पुर्ण जिन्सी सामानहरुको अभिलेख विवरण सुचना प्रविधीमा राख्न सुरु गरिसकेको छ ।
स्र्टोर शाखाका साथै जिन्सी फाँट शाखाबाट खर्च भएर जाने वा नजाने सवै सामानहरुको अभिलेख विवरण राख्ने कार्य इनपाले वैशाखको पहिलो साताबाट कम्पयुटर स्फटवेयर मार्फत सुरु गरेको छ ।

नपाको चल तथा अचल सामानहरुको सुची कसैले जान्न चाहेमा एक मिनेट भित्रै कम्पयुटर सफ्टवेयर मार्फत जानकारी लिन सकिने गरी व्यवस्था मिलाइएको कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।
सरकारको ई–गर्भमेन्स प्रकृयाको सुचकका रुपमा समेत कम्पयुटर सफ्टवेयरमा डाटा इन्ट्री गरी कार्यालयका सामानहरुको विवरण राख्नु पर्ने भएकाले इनरुवावासी प्रती पूर्ण रुपमा जवाफदेही हुन समेत जिन्सीलाई भरपर्दो सुचना प्रविधीमा राख्ने कार्यको थालनी गरिएको अधिकृत मेहताले बताए ।

इनरुवा नपालाई सुचना प्रविधीको विकास सगै समग्र नगर विकासमा समेत समय सापेक्ष रुपमा परिमार्जित गर्दै लैजानका लागी कम्पयुटर स्फटवेयरको प्रयोग सवै शाखा र फाँटमा विस्तार गर्ने लक्ष्य अनुसार काम सुरु गरिएको समेत इनरुवा नगरपालिाका कार्यालयले जनाएको छ । यसअघि समेत इनपाले सुचना प्रविधी विस्तारका सवालमा केही महत्वपूर्ण कदमहरु चालिसकेको छ ।

तपाईको प्रतिक्रिया