Binod 1

नरेन्द्र बस्नेत मोरङ । नेपाली तारा सिजन ३ मा संभावना बोकेका प्रतिस्पर्धी हुन् गायक विनोद राई । विनोदले आफ्नो पहिलो म्यूजिक भिडियो ‘आलैछ यो माया ….’बोलको गीतको छायांकन गरेका छन । बुधबार झापाको बुधबारेमा सो म्युजिक भिडियोको छायांकन गरिएको हो ।
मोरङको पथरीमा रहेको क्रेजी इन्टरटेइमेन्टले निर्माण गरेको उक्त म्यूजिक भिडियोमा गायक स्वयंले पनि अभिनय गरेका छन् । गायक राईलाई मोडल रिना राईले साथ दिएकी छिन् भने विनोदलाई सपोटिङ रोलमा साथ दिएका छन् अनिल लिम्बू, करण धिताल, बुचुङ लिम्बू र प्रविन विकले ।
उक्त गीतका रचनाकार रोशन सुवेदी, संगीतकार कमल रसाइली र एरेजन्जर राजन इसानले गरेका हुन् । उक्त म्यूजिक भिडियोको सिनेम्याटोग्राफर÷कोरियोग्राफ भूपेन्द्र तुम्वाहाम्फेले गरेका हुन् भने निर्देशन पत्रकार सन्तोष राईले गरेका छन् । माया प्रेमलाई रहस्यमय तरिकाले म्यूजिक भिडियोमा उतारिएको गायक राईले बताए ।

binod 2

तपाईको प्रतिक्रिया