human-brain

१० बैशाख । हाम्रा केहि बानी बेहोराहरु निकै घातक हुन्छन् । जसले हाम्रो दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाई रहेको हुन्छ । तनाव सबको जीवनकोको एक हिस्सा बनेर रहेको हुन्छ । जसले दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाउँछ । केहि बानीहरु हामीमा हुन्छन् जसलाई जतीसक्यो छिटो हटाउनु नै हाम्रो लागी फाईदा हुन्छ ।

१. यदि तपाईं बिमारीको समयमा कुनै काम गर्नु हुन्छ भने यो खतरनाक हुन सक्छ । बिरामी भएको बेलामा थप तनाब मनमा लिनाले झन भन्दा झन कमजोर बनाउँछ । बिरामी भएको बेलामा धेरै मन नडुलाउनुहोस् ।

२. बिहानको नास्ता नगर्ने बानीले पनि दिमागलाई हानी पुर्याउँछ । लामो समय सम्म यो प्रक्रिया दोहोरीन दिनु हुँदैन । यसले दिमागको कार्यक्षमता घटाउँछ । थोरै भएपनि हल्का फुल्का नास्ता गर्ने बानी बसाल्नुहोस् ।

३. धेरै खानाले पनि दिमाग क्षतिग्रस्त हुन्छ । शरीरलाई आवश्यक पर्ने भन्दा बढी खानाले पनि दिमागलाई दोधारमा पारिदिन्छ जसले गर्दा इन्सुलिन उत्पादन अनियन्त्रित हुन्छ । त्यसकारण अनियन्त्रित भोजन नगर्नुहोस् ।

. एक शोधका अनुसार शरिरमा पानीको मात्रा कम हुनाले पनि दिमागमा क्षति पुग्छ । तसर्थ प्रशस्त पानी पिउनुहोस् ।

५. धेरै गुलियो खानाले पनि स्मरण शक्तिलाई हानी पुर्याउँछ । तसर्थ यस्ता वस्तुको अधिक सेवन नगर्नुहोस् ।

६. रातीमा सुत्दाखेरी मुख ढाकेर सुत्ने बानी छ भने हटाउनुहोस् । किनकी मुख ढाकेर सुत्नाले ताजा हावा शरीरभित्र जान पाउँदैन । यसरी सुत्दा अक्सीजनको कमी र कार्वनडाइअक्साईड बढ्न पुग्छ । जसले दिमागलाई हानी पुर्याउँछ । तसर्थ मुख ढाकेर नसुत्नुहोस्

७. तनाबका साथ साथै निद्रा खल्बलियो भने पनि दिमागमा असर पुग्छ । तसर्थ विनाकामको तनाब र धेरै समय अनिदो नबस्नुहोस् ।

८. धेरै धुम्रपान गर्नाले पनि मानिसलाई कयौ समस्या झेली रहनु परेको देखिन्छ । यसले दिमागलाई पनि असर पुर्याई राखेको हुन्छ । त्यसैले सके सम्म धुम्रपान नगर्नुहोस् ।

९. अनावश्यक विषयका बारेमा धेरै सोच्ने बानीले पनि दिमागलाई हानी पुर्याउँछ । तसर्थ नगरी नहुने कामका लागि सोचको प्रयोग गर्नुहोस् र व्यर्थका सोचाइमा नफँस्नुहोस् ।

स्रोतः फरसी नेटवर्क

 

तपाईको प्रतिक्रिया