कपिलवस्तुको उदयपुरमा आगलागि बाट ४८ घर गोठ जले , दमकल र पानीको अभावले आगो अझै पुर्ण नियन्त्रणमा आएन , ८७ लाखको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान

१० बैशाख , कपिलबस्तु ।कपिलवस्तुको उदयपुर ६ उदयपुरमा आज दिउसो २ बजेदेखि आगलागी भएको छ । आगलागी बाट ४८ घर गोठ जलेर नष्ट भएका छन । आगो लागि बाट करिव ८७ लाख क्षति भएको उदयपुर प्रहरी चौकिका असई विष्णु गाहले जानकारी दिनु भयो । अत्यधिक हावा हुरी चलेको र एक मात्र दमकल पानीको अभाव भएका कारण आगोलाई अझै पनि पुर्ण नियन्त्रण गर्न नसकिएको उहाले वताउनु भयो । स्थानिय गंगाराम पासीको घरमा खाजा बनाउने क्रममा आगोलागि भएको हो । आगो लागि बाट घर भित्र रहेको खाद्यान्न लत्ता कपडा सवै जलेर नष्ट भएको बताईएको छ । आगोलागि बाट १३ चौपाय जलेर मरिसकेका छन । आगोलाई कपिलवस्तु नगरपालिकाको दमकल , नेपाल प्रहरी , शसस्त्र प्रहरी , नेपाली सेना र स्थानियबासीको प्रयासमा आगो निभाउने प्रयास भैरहेको वताईएको छ । अहिले आगो लागि पिडितहरु खुल्ला आकाशमुनी बस्न वाध्य छन ।

यता बिहिबार आगलागी भएका कपिलवस्तुको कजरहवा ९ सिग्राहाका ४८ घर परिवार र २ मृतकका परिवारलाई बिभिन्न निकायबाट राहत र सहयोग जुटन थालेको छ । सोही क्रममा कपिलवस्तु नगरपालिका ११ सुखरामपुरका समाजसेबी बलराम तिवारीले आगलागी पिडित ४८ परिवारलाई ७५ हजार बढिको लत्ताकपडा बितरण गरेका छन । उनले प्रत्यक परिवारलाई एक एक जोर सर्ट, पाईन्ट, साडी र ब्लाउजका कपडा दिएका थिए । बिहिबार काँग्रेसका सांसद तथा जिल्ला सभापति सुरेन्द्रराज आचार्यले ३२ आगलागी पिडित परिवारलाई जनही ७ हजारका दरले खाधान्न र भाडाकुडा बितरण गरेका थिए भने स्थानिय प्रशासनले २ मृतकका परिवार र ४८ आगलागी पिडितलाई २ लाख ८३ हजार राहत बापतको नगद बितरण गरेको थियो । त्यस्तै कपिलवस्तुको कजरहवा ९ सिग्राहाका ४९ घर परिवार र २ मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहत बितरण गरेको छ । पुर्ण क्षति भएका २८ परिवारलाई जनही ५ हजारका दरले १ लाख ४० हजार र आँशिक षति पुगेका २१ परिवारलाई जनही ३ हजारका दरले ६३ हजार रुपैया बितरण गरेको छ । त्यसै गरि आगलागीमा मृत्यु भएका दुई बालबालिकाको परिवारलाई प्रशासनले क्रियाखर्च बापत जनही ४०÷४० हजारका दरले राहत दिएको छ ।

कजरहवा ९ सिग्राहा स्थानिय राममिलन गोसाईको घरबाट शुरु भएको आगलागीले सोही स्थानका राजेन्द्र नाउका ६ बर्षिय छोरा संचित नाउको घर भित्र आगलागीमा परेर र गुडडु पासीको दुई महिनाको छोरी लक्ष्मी पासीको आगोको रापले पोलेर मृत्यु भएको थियो ।

आगलागीबाट आबास, खाधान्न, लत्ताकपडा जलेको आगलागी पिडितले बताए । आफुहरुलाई अन्य राहत भन्दा पनि बास, खाधान्न र लत्ताकपडाको आवश्यकता रहेको उनहिरु बताउछन । आगलागीका कारण कम गहिराईका खानेपानीका धारा समेत सकेकाले आगलागी पिडितहरुका लागी पानीका धाराको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन ।साझासवालबाट

तपाईको प्रतिक्रिया