१२ वैशाख, इनरुवा। मधुवन गा. वि. स. वडा नं. ३ गुप्ता टोल स्थित नन्दु उरावको जस्ताले छाएको घरबाट आज साझ करिब ६:३० बजे सुरु भएको आगलागिबाट २ वटा जस्ताले छाएको र घर अन्य ४ वटा फुसको घर जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणको लागि ई.प्र.का. लौकहि, सस्त्र प्रहरी , इनरुवा तथा इटहरीबाट आएको दमकल र स्थानियबासि मिलि आगो निभाउदै। ई. प्र. का. लौकहिको प्रारम्भिक जानकारी अनुसार आगलागिबाट कुनै मानविय क्षति नभएको  र आगलागिबाट मधुवन ३ घर भएका नन्दु उराव, लल्कु उराव, महेन्द्र उराव, लेल्हा उराव, जुलि उराव लगायतको घर जलेर नष्ट भएको छ। प्रारम्भिक जानकारी अनुसार खाना पकाउने राईस कुकरबाट विजुलि सर्ट भई आगलागि सुरु भएको हो।थप विवरण आउन बाकी……..

तपाईको प्रतिक्रिया