काठमाण्डाै /  इमेज च्यानल टेलिभिजनद्वारा संचालित इमेज खबर नामक फेसबुक पेज ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालजन्गका प्रेम बहादुर विकलाई महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार नेपालगन्जबाट पक्राउ गरेको हो ।

फेसबुकमा १५ लाख लाइक रहेको इमेज खबरको फेसबुक पेज ह्याक गरी उनले भाइरल खबरका नामबाट चलाएका थिए । इमेज च्यानलले गत ५ वैशाखमा प्रहरीमा उजुरी दिएकोमा प्हरीले सुक्ष्म अनुसन्धान गरी ह्याक गर्ने व्यक्ति पहिचान गरेको हो ।

‘वक निकै खतरनाक ह्याकर रहेछन्,’ अनुसन्धानमा आबद्व महाशाखाका इन्पेक्टर पशुपति रायले भने, ‘धेरै लाइक भएकाले उनले पेज ह्याक गरेका थिए ।’पक्राउ परेपछि पैसा कमाउन आफूले ह्याक गरेको बताएका थिए । उनी इताजा खबर डटकम नामक अनलाइनका समेत संचालक हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया