१४ बैशाख, सर्लाही । सर्लाहीमा बिद्युत चोरी गर्ने १६ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १५ जनालाई ६ हजार रुपैयाँ जरिवाना तिराएर अब आइन्दा विद्युत चोरी नगर्ने सर्तमा छाडिएको प्राधिकरणले जनाएको छ ।

नेपाल बिद्युत प्राधिकारणको हुकिङ नियन्त्रण अभियानका क्रममा मंगलबार लक्ष्मीपुर सुकचैना, सुन्दपुर, पडरीया, श्रीपुर र जमुनियाबाट हुकिङ लगाएर सञ्चालन गरिएको ६ वटा पानी तान्ने मोटर पनि बरामद गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका सुपरभाईजर देवनारायण महतो जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया