१६ वैशाख, रविन्द्र साह राजविराज। पर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रायपुर ८ स्थित रुपनीमा मङ्गलबार राती रोकेर राखेको ट्रयाक्टरलाई मोटरसाईकलले पछाडीबाट ठक्कर हान्दा दुई जनाको मृत्यू भएको छ भने १ जना गम्भिर घाइते भएको छ । दुर्घटनामा परी शम्भुनाथ नगरपालिका–७ का ३८ बर्षीय आनन्दी सरदारको घटना स्थलमै मृत्यू भएको छ ।

यसैगरी तेरहौता–५ का ३६ बर्षीय अशोक सरदारको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको छ । दुर्घटनामा तेरहौता–६ का २५ वर्षिय संतोष चौधरी गम्भिर घाइते भएका छन् । चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाईकलले सोही दिशामा रोकेर राखेको स १ त २६३४ नम्बरको ट्याक्टरलाई राती ८ बजे पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जनाएको छ ।

दुर्घटना भएको थाहा पाउन साथ घाइतेहरुलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्धार गरी उपचारकालागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाएका थिए । घाईते दुबैजनाको राजबिराजमा उपचार हुन नसकेपछी थप उपचारको लागी धरान पठाएको थियो । घाइते चौधरीको अवस्था सामान्य हुदै गएको तथा दुर्घटनाग्रस्त दुबै सवारी साधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायब निरिक्षक उमेश यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया