13115792_1051948981519695_17551569_n

इनरुवा बैशाख १६/सुनसरीको दुई गाविस मधेली र सिमरियामा महिला तथा बालबालिका लक्षित न्यायमा पहुँच परियोजना लागु हुने भएको छ ।
तीन वर्षे परियोजनाले सम्वन्धित गाविसका बालबालिकाका साथै महिलाका मुद्धा, समस्या र चुनौतिको पहिचान गरी न्यायमा पहुँच बढाउने बताइएको छ ।
मानव अधिकार संचार प्रतिष्ठान, जुरी नेपाल र संचारिका समूहले सुनसरीको मधेली र सिमरियामा उक्त परियोजना संचालनमा ल्याउन लागेको कार्यक्रम संयोजक मञ्जु भण्डारीले जानकारी दिइन । परियोजनाको काम कार्वाही र उद्येश्यबारे विहिवार इनरुवामा सरोकारवालाहरुको उपस्थितीकावीच जानकारी गराइएको थियो ।
परियोजनाले हिंसापीडित महिलाको न्यायमा पहुँच, बालबालिका तथा महिलाको क्षमता अभिवृद्धि, हिंसा न्यूनिकरणका विषयलाई समेटेर सचेतना र शशक्तिकरण जस्ता कृृयाकलाप संचालनमा ल्याउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया