काठमाडौँ–बिरामी कुर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जा एक युवाले आत्महत्या गरेका छन् ।
tuhospital
अस्पतालको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौँ बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर अस्पताल पठाएको बुझिएको छ । तामाङले के कारणले आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रातोपाटिबाट

तपाईको प्रतिक्रिया