kurmi-samaj3-640x450

वीरगंज, ७ कार्तिक । जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कुर्मी समाजले शनिबार वीरगंजमा भव्य जुलुस निकालेको छ । बारा र पर्साको कुर्मी समाजले जुलुस निकालेका हुन् ।

जुलुसमा हजारौं सर्वसाधारणको सहभागिता थियो । बारा र पर्साका गाउँगाउँबाट आएका कुर्मी समाजका आन्दोलनकारीहरु वीरगंजको पावर हाउस चौकमा भेला भएका थिए । त्यँहाबाट विशाल एकीकृत जुलुस निकालिएको हो ।

गाउँगाउँबाट ट्रयाक्टरमा आएका आन्दोलनकारीहरुले आ–आफ्नै ब्यानर बोकेका थिए । वीरगंजको घण्टाघरबाट विशाल जुलुस दशगजा क्षेत्रको मैत्री पुलतर्फ बढेको छ । जुलुसले मैत्री पुलमा नाकाबन्दी गर्दै धर्नामा बसेका प्रदर्शनकारीहरुलाई समर्थन जनाउने बताइएको छ ।

kurmi-samaj2

तपाईको प्रतिक्रिया