काठमाण्डाै / नेपाली कांग्रेससँग ७ करोड रुपैयाँ बैक व्यालेन्स रहेको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेका उनी बताउँछन् । यता नेकपा एमालेसँग २ अर्ब बराबरको अचल सम्पत्ति रहेको छ ।
एमाआवादीसँग देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।