Inaruwa aaglagi 13
इनरुवा बैशाख १९/१२७ औं मजदुर दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरुवामा समेत र्यालीको आयोजना गरिएको छ ।
इनरुवा बसचौकबाट सुरु भएको र्याली नगरको परिक्रमा पश्चात लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मजदुर हक अधिकारको पूर्ण प्रत्याभूति सहित उचित सेवा सुविधाको माग गर्दै र्यालीमा सहभागिहरुले समय सापेक्ष ठोेस नीतिको आवश्यक्ता औल्याएका थिए ।
मधेशी ट्रेड युनियन महासंघ नेपाल जिल्ला कार्य समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा मजदुर नेताहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया