six-packs 61 years

एजेन्सी । भनिछ उमेर बढ्दै गयो भने शरिर पनि कमजोर बन्दै जान्छ ,शरिर चाउरीपन पनि देखा पर्छ तर एक चिनियाँ नागरिक लियांङ जियाङमा यो लागु हुदैन ।६१ वर्षका उनी यो उमेरमा पनि  आफनो ६ प्याकका कारण इन्टरनेटमा अहिले उनकाे चर्चा छ ।

उनले ६१ वर्षको उमेरपनि ६ प्याक बनाएको देखेरे सकै जना चकित हुने गरेका छन ।लियांङले आफनो शरिलाई यस उमेरमा बनाउनका लागि जिमखाना गए ।उनी दिनहुँ जिम जान थालेपनि शरिरमा देखा परेको परिर्वतनले उनी आफै दंग भए र निरन्तर जिमखाना धाइरहे ।

उनलाई जिम गर्ने समयमा धेरै रमाइलो लाग्न थाल्यो । उनी जिम जाने इच्छा तिब्र गतीमा बढ्यो जसले गर्दा जिम प्रति उनको रुची बढेपछि उनले आफनो ६१ वर्षको उमेरमा ६ प्याक्स बनाएर सबैलाई देखाएर चकित पार्ने गरेका छन ।

लियाङ युवक थिए उनले सानो व्यापार व्यवसाय गरेर बसेका थिए । तर जब उनी ५० वर्षका भए उनमा ड्राइभिङमा गर्ने इच्छा लाग्यो र उनले गाडी किनेर गाडीरेसमा भाग समेत लिए।

तर उनलाई गाडी रेसमा आफनो शरिरको फिटनेसमा कमि आएको अभुवभ भएपछि उनी गाडीरेस छाडेर जिमखाना जान थाले । जिममा जान थालेपछि उनको शरिरले साथ दिएपछि उनी केही समयपछि गाडीरेसमा पनि भाग लिए।अहिले यो उमेरमा आएर पनि उनको मुख्य सपना भनेको विश्कै भन्दै भन्दा अप्ठारो डेकर रेसमा भाग लिने चाहना रहेको बताउछन ।

तपाईको प्रतिक्रिया