doli sarkar

मजदुर दिवसको अवसरमा मलेसियाको छुट्टा–छुट्टै स्थानमा आयोजित साँस्कृतिक कार्यक्रममा सप्तरीकी डोली सरकारले धमाल मच्चाएकी छिन् ।मलेसियाको जोहरवारु र पेनाङ्गमा आइतवार र सोमवार आयोजित कार्यक्रमहरुमा उनले मैथिली, भोजपुरी र हिन्दी गीतमा नृत्य गरेकी हुन् । साँस्कृतिक कार्यक्रममा उनले प्रस्तुति गरिरहँदा श्रमिकहरु अत्यधिक उत्साहित भएका थिए ।

दर्शकहरु माझ छुट्टै पहिचान बनाईसकेकी उनी यस अघि १५ पटक कतार र एक पटक युएईमा जादुमय प्रस्तुति गरिसकेकी छिन् भने मलेसियामा भने पहिलो पटक साँस्कृतिक कार्यक्रममा सहभागी भएकी छिन् । पहिलो पटक मलेसिया पुगेकी डोलीले दर्शकहरुमाझ छुट्टै छाप छोड्न सफल भएकी छिन् ।
फ्रेण्डसिप धमाका ग्रुपको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित नायिका तथा मोडल ज्योति मगर, आधुनिक नायिका प्रजिता गेलाल र नायिका मेलिना राई लगायतका कलाकारहरुले बेजोड गरेका छन् ।

तपाईको प्रतिक्रिया