२१ बैशाख , सप्तरी।(फाइल फोटो) पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिकामा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।बिहान ३ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. २ प २७२५ नम्बरको मोटरसाइकल कंचनरुप नगरपालिका ८ स्थित सुन्दरीपुलको पिलरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक सप्तरी मानराजा २ बस्ने ३० वर्षिय मनोज राम र सोही मोटरसाइकल पछाडी सवार ५५ वर्षिय देव चन्द्र झा घाइते भई विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएकोमा चालक मनोज रामको उपचारकाक्रममा बिहान साढे पाँच बजे मृत्यु भएको छ।पछाडी सवार झाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ।

तपाईको प्रतिक्रिया