melmilap ma sarokarbala ko jod inaruwa
इनरुवा बैशाख २४/ स्थानीय समूदाय जागरुक भएर मेलमिलाप गराउन सके न्यायलयलाई सवलीकरण गराउन सकिने सरोकारवालाहरुले जोड दिएका छन् ।
सुनसरीको इनरुवामा आज आयोजित समूदायको विवाद समूदायमै समाधान जरुरी विषयक कार्यक्रमका सहभागिहरुले स्थानीय समूदाय जागरुक हुन सके न्याय सम्पादन छिटो र छरितो हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत सुनसरीका न्यायाधिस रमेशराज पोखरेलले स्थानीय समूदायमै मेलमिलाप गराउन सके मानव अधिकारी हनन् र उल्लंघनका घटनामा कमी आउनुका साथै न्यायिक प्रकृया समेत सहज बन्ने धारणा राख्नु भयो ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा न्यायकर्मीका साथै मानव अधिकारकर्मी, राजनैतिक दल, संघसंस्था र प्रहरी प्रशासनका प्रतीनीधिहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया