२४ वैशाख, दमक । झापाको लखनपुर–४ स्थित दहीचौकमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–२ का २८ वर्षीय किरण केसी रहेका छन् । मे ७ पे ३६२७ नम्बरको मोटरसाइकलमा सवार केसी लखनपुरको दहीचौकस्थित सडकखण्डमा अनियन्त्रित भएर कल्भर्टमा खसेका थिए ।

 उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदा हिजो राति नै बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव परीक्षणका लागि मेची अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया