prahari nagarik hatemalo inaruwa police

इनरुवा बैशाख २४/प्रहरी नागरिक हातेमालो कार्यक्रम अन्र्तगत इनरुवामा विद्यार्थीमाझ प्रहरीसँगको सम्वन्ध र सहकार्यबारे सचेतना संचालनमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत रहेको सामूदायिक प्रहरीको संयुक्त आयोजनामा हातेमालो कार्यक्रम संचालनमा ल्याइएको हो ।
सुनसरीका विभिन्न उच्च मावि सहित मावि तहक र नीजि विद्यालयहरुमा प्रहरी नागरिक हातेमालो कार्यक्रम संचालन गरिँदै आइएको छ ।
सोही क्रममा प्रहरी प्रधान कार्यालयको टोलीले आज इनरुवामा विद्यार्थीहरुमा अभियानको बारेमा जानकारी गराउनुका साथै प्रहरी नागरिक सम्वन्ध बारे छलफल चलाएको हो ।
विद्यार्थीहरुलाई प्रहरी कार्यालय परिषरका साथै प्रहरीले गर्ने कार्य सम्पादन लगायत कानुनी प्रकृया बारेको अवलोकन समेत गराइएको थियो ।
बाटो विराएर कुलतमा फस्ने युवाहरुको जमातलाई वेलैबाट सहजिकरणको बाटोमा उभ्याएर लक्ष प्राप्ती उन्मूख गराउनका साथै सर्वसाधारणमा सचेतना फैलाउन प्रहरी नागरिक हातेमालो कार्यक्रम संचालन गरिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया