timthumb
केपी ओली नेतृत्वको सरकारमा राप्रपा नेपालबाट मन्त्री बनेका रामकुमार सुब्बा दसैं मनाउन इटहरी पुगे ।
सुब्बा जब मन्त्री बनेर विराटनगरस्थित विमानस्थल ओर्ले, उनको सुविधाको लागि भनेर मोरंगको रंगेली नगरपालिकाको गाडी पुग्यो ।गाडीमा सबैभन्दा ठूलो समस्या झण्डा राख्ने ठाउँ नै थिएन ।
मन्त्रीले चढ्ने गाडीमा झण्डा नभएपछि उनका कार्यकर्ताले कता कताबाट झण्डा ल्याएर अड्याउन खोजे, तर जति गर्दा पनि झण्डा कोल्टिएपछि मन्त्री सुब्बाले झण्डा विनाकै गाडी चढ्ने निधो गरे ।
मन्त्रीको लागि झण्डा राख्न नमिल्ने गाडी पठाइएको र सो विषयमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत् जानकारी गराउँदा अर्को दिन झण्डा राख्ने गाडी पठाइदिने बताएको राप्रपा नेपालका इटहरी अध्यक्ष रामु पोख्रेलले जानकारी दिए । उनले भने, ‘प्रजिअले भोलि अर्को गाडी पठाइदिन्छु भनेका थिए, तर भोलिपल्ट फोन गर्दा फोनै रिसिभ गरेनन्, मन्त्रीज्यूले झण्डा विनाकै गाडीमा घुमेर कार्यक्रम गर्नुभयो ।’
यता मन्त्री सुब्बाले झण्डा विनाको गाडी पठाउनुलाई प्रणालीगत कमजोरी भनेका छन् । उनले आफू सुविधाको लागि मन्त्री नभएको बताउँदै भने, ‘तर मन्त्रीले चढ्ने गाडीमा न्युनतम के हुनुपर्छ भन्ने कुरा सम्बन्धित निकायले ख्याल राख्नुपथ्र्यो ।’सेतोपाटिबाट

तपाईको प्रतिक्रिया