२५ बैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कार्तिक मसिंर भित्रमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिंदै प्रधानमन्त्रीले भने, ‘कातिक मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ’, ‘ त्यसका लागि तयारी गर्न थाल्नुहोस ।’

देश संघीय संरचनामा गएकोले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवतर्न हुन प्रहरीका बरिष्ठ अधिकारीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘हामी संघीय ढाँचामा गएका हौं । यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुदैन’ प्रधानमन्त्री ओलीले भने- ‘संघीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ । त्यसै अनुसार काम गर्नुपर्छ ।’

नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरीररहेकोमा उनले प्रशंशा गरे । संक्रमणकालिन अवस्थामा समाजमा अपराधिक घटनामा बृद्धी हुने भएकोले त्यसतर्फ चनाखो हुन प्रहरीलाई निर्देशन दिए ।साझासवालबाट

तपाईको प्रतिक्रिया