13115381_1057303300984263_1079920670_n

बैशाख २६ दुहवी/ सुनसरीको दुहवीमा आजबाट पशुपंक्षि औषधी व्यवसायीहरुका लागि ३५ दिने क्षमता अभिवृद्धि तालिम संचालनमा ल्याइएको छ ।पशु सेवा तालिम तथा प्रसार निर्देशनालयले क्षेत्रीय पशु सेवा तालिम केन्द्र दुहवीको संयोजन र नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ कोशी शाखाको व्यवस्थापनमा ३५ दिने अभिमुखिकरण तालिम संचालनमा ल्याएको हो ।दुहवी स्थित क्षेत्रिय तालिम केन्द्रमा आज उक्त तालिमको उद्घाटन गरिएको हो ।
सुनसरी, मोरङ्ग, धनकुटा, संखुवासभा, तेह्रथुम सहितका जिल्लाबाट सहभागि पशु पंक्षि तालिम लिएका तथा औषधी व्यवसायमा संलग्न रही आएकाहरुको तालिमका सहभागिता रहेको छ ।व्यवसायीहरुको क्षमता अभिवृद्धिका साथै गुणस्तरीय सेवा प्रवाह र आत्म निर्भरताका लागि तालिम आयोजना गरिएको नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ कोशी शाखाका सचिव विष्णु निरौलाले जानकारी दिनुभयो ।आधिकारीक तवरले कानुनी प्रकृयामा दर्ता भई व्यवसाय संचालन गर्दै आएकाहरुले तालिममा सहभागिता सँगै लिखित परिक्षा पास गरे पछि मात्र पशु सेवा विभागबाट आधिकारीक रुपमा सहभागिहरुले उत्तिणको प्रमाण पत्र पाउन सक्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया