nepal police bhid niyantran prahari
बैशाख २६ इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले भिड नियन्त्रण तालिम संचालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयहरुका प्रहरी जवानहरुका लागि आजबाट तीन दिने भिड नियन्त्रण तथा पूर्न ताजगी तालिम संचालनमा ल्याइएको हो ।सम्भावित अवस्थामा अग्र पंक्तिमा रहेर शान्ति सुरक्षाका लागि खटिने प्रहरीका लागि ताजगी स्वरुप तालिम संचालनमा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ  ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौंको निर्देशन बमोजिम भिड नियन्त्रण तालिम संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।सम्भावित आन्दोलनका साथै आइपर्ने अन्य अवस्थामा परिचालन हुँदा अपनाउनु पर्ने सावधानी, जनधन सहित आत्म सुरक्षाका लागि पूर्व तयारी स्वरुप तालिम आयोजना गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया