spatari sanghiya press forum gathan

२७ वैशाख, राजविराज। विभिन्न सञ्चारमाध्यममा कार्यरत सप्तरीका सञ्चारकर्मीहरुको एक भेलाले सोमवार सङ्गघीय प्रेस फोरमको जिल्ला तदर्थ समिति गठन गरिएको छ । सङ्गघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा वसेको बैठकले उक्त समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा न्यूज टुडे दैनिकका सम्पादक एवम् नेपाल टेलिभिजन सप्तरी सम्वाददाता श्यामसुन्दर यादव, उपाध्यक्षमा न्यूज टुडे दैनिकका सम्वाददाता बृजमान तामाङ्ग, सचिवमा नागरिक दैनिकका सम्वाददाता जितेन्द्रकुमार झा, सह–सचिवमा सि–एफएमकी समाचारवाचिका दीपा कर्ण र कोषाध्यक्षमा राजविराज टुडेका समाचार प्रमुख धर्मपाल राउतलाई चयन गरिएको छ ।

१९ सदस्यीय जिल्ला तदर्थ समितिको सदस्यमा एभिन्यूज टेलिभिजनका वरिष्ठ सम्वाददाता एवम् सप्तरी जागरणका सम्पादक बैद्यनाथ यादव, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर एवम् समाचार वाचक शिवप्रताप साह, ग्रीन मधेश दैनिकका सम्वाददाता गङ्गाप्रसाद साह, राजविराज टुडेका सम्वाददातात राजु शर्मा, किशोर पासवान, रामनाथ चौधरी भोरुकवा एफएमका समाचारवाचक राजेन्द्र मिश्र, न्यूज टुडे एवम् सत्यापन साप्ताहिकका सम्वाददाता रामनाथ यादव, चन्द्रमा एफएमकी बन्दना मण्डल, छिन्नमस्ता एफएमका समाचार प्रमुख रविन्द्र साह, कार्यक्रम प्रस्तोताद्वय अञ्जु यादव, पल्लबी मिश्र, सिएफएमका सम्वाददाता विद्यानन्द राम, सञ्चारकर्मी सनोज विश्वास रहेका छन् ।

सोही अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा सलहेश क्षेत्र संयोजक शैलेन्द्रप्रसाद साह, सलहेश क्षेत्रका सदस्य सुखराम यादव, फोरम सप्तरीका अध्यक्ष दिनेशकुमार यादव, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झा, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य देवराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष मनोज माझी सहितकाहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

तपाईको प्रतिक्रिया