२७ बैशाख ,म्याग्दी ।(फाइल फोटो) म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन ।दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउदै गरिएको प्रहरीले जनाएको छ ।

चार जना महिला र एक जना चालक पुरुषको मृत्यु भएको हो । घाईते हुनेमा तिन जना महिला र दुई जना पुरुष छन् । मृतक र घाइतेको पहिचान खुलेको छैन । दुर्घटना के कारणले भएको हो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया