khana

तपाइँ हामीले खानेकुरा मिलाएर खान नजान्दा ज्यानै जान सक्ने सम्भावना धेरै रहेको चिकित्सकहरुले बताइएका छन् । तपाईका घरमा भएका खाने कुरा मिलाएर खान खाए अमृत हुने र खान नजाने विष सावित हुने जानकारहरु बताउछन् । त्यसैले तपाइले यस्ता कुराहरुमा ध्यान दिन जरुरि छ ।

– पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग नखाँदा राम्रो हुन्छ ।

– तेल तथा घ्यूमा बेसार फ्राइ गरी पकाइएका परिकारले विभिन्न रोग निम्त्याउने गर्छ ।

– खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा निकै घातक हुन्छ । तत्कालै ज्यान समेत जान सक्ने खतरा भएकाले खरबुजा र हाँसको अण्डा खानु हुँदैन ।

– दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

– मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैंमा तताएर पनि खानु हुँदैन ।

– माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

– दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु घातक मानिन्छ । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

– घ्यु र मह बराबर मात्रामा मिसाएर कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।

– मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुध एकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

– काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ । -एजेन्सीको सहयोगमा