accident-kharta-130x106

इटहरी, ९ कार्तिक । सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घट्नामा दुई जनाको मृत्यु भएको छ । जिल्लामा भएका घट्नामा पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार सुनसरी जिल्लाको दक्षिणी अमाहीबेलाहा ८ निवासी ४६ बर्षीैय सत्यनारायण पण्डित घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका पण्डित पानी लगाउने क्रममा विद्युत करेण्ट लागेका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । मृतकको लाशलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसैगरी जिल्लाको मधेशास्थित राजमार्गमा मे ७ प ३१३६ नम्वरको स्कुटर र को १७ प ८५७० नम्वरको मोटरसाईकल एक आपसमा जुध्दा सप्तरी हरिहरपुर ९ निवासी स्कुटरको पछाडी बसेर यात्रारत ५२ लिलादेवी जोशी थरुनीको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल इनरुवामा उपाचारका क्रममा मृत्यु भएको हो ।
सो घट्नामा स्कुटर चालक सप्तरी हरिहरपुरकी २९ बर्षीया मालाकुमारी जोशी थरुनी सख्त घाईते भएकीले उनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उक्त घट्नामा अर्को कोटरसाईकलका चालक सुनसरी भासीका २० बर्षीय सविन रायमाझी र मोटरसाईकलको पछाडी बसेका भासीकै २० बर्षीय दीपक श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ) भर्ना गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।
यता सुनसरी जिल्लाको बबियाका रामप्रसाद खत्वेको ३ बर्षीया छोरी रञ्जना खत्वे र सोही गाविसका रामचन्द्रै खत्वेको छोरी १६ बर्षीया सुनिता खत्वेलाई भारततिरबाट जर्किनमा मट्टितेल लिएर आई रहेको अवस्थामा सिमा क्षेत्रमा बन्द गर्न बसेका आन्दोलनकारीले दुवै जनाले मट्टितेल सहित जर्किक खोसेर आगो लगाई दिँदा ती दुवै बालिका तथा किशोरी गम्भीर घाईते भएको पनि प्रहरीले बताएको छ । उनीहरुको जिल्ला अस्पताल इनरुवमा उपचारार्थ भर्ना गरिएको छ । आगो लगाउनेको पहिचान गर्ने र नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयास गरिरहेको बताईएको छ ।पुर्वेलिन्युजबाट

 

 

तपाईको प्रतिक्रिया