morang ma chatpati becheko samajsewa

२८ वैशाख, नरेन्द्र बस्नेत मोरंग । समाजप्रति उत्तरदायी भएर निस्वार्थ भावले गरिने कार्य नै समाजसेवा हो । समाजसेवा गर्नेले कहिल्यै फलको आशा गर्दैनन,यदि त्यसो गरियो भने त्यो समाजसेवा हुनै सक्दैन । यस्तै समाजसेवाको एउटा गतिलो उदाहरण बन्दै गएको छ मोरङका युवतीहरुको एउटा समुह ।

पछिल्लो समय हरेक जिल्लाहरुमा बृद्धआश्रम खुलेपनि उचित ब्यबस्थापनको अभावमा संकट उत्पन्न हुन थालेपछि मोरङका युवतीहरुको एउटा समुह बृद्धाआश्रमको सहयोगका लागी खर्च जोहो गर्न बिभिन्न बजारहरुमा गई चटपटे बेच्न थालेका छन ।सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान सुरु गरेका उनीहरुले मोरङ सहित देशैभरी चटपटे वेच्न अभियान थालेका छन । उनीहरुले हरेक बजार तथा चोकमा लाग्ने हटियामा गएर चटपटे बेच्ने गरेका छन । असाहय, तथा सहाराबिहिन भएका बाबुआमाको सहयोगका लागी चट्पटे बेच्न थालेको अभियानकर्ता मनीला सुवेदीले बताईन ।

बुबा आमालाई वृद्ध आश्रममा राखेर मातातिर्थ औशीमा सामाजिक सञ्जालमा फोटो हालेर समाजमा हिँड्ने प्रवृति वढन थालेको छ त्यस्ता छोरछोरीलाई पाठ सिकाउनका लागी यस अभियानमा लागेको सुवेदीले बताईन । सेवा नै धर्म हो लगायत आधादर्जन भन्दा बढि प्लेकार्ड सहित चटपटे बेच्न बसेका यूवतीहरुले बजार भाऊ अनुसार नै चटपटे बेच्ने गरेका छन ।मोरङको बेलबारीमा सोमवार लाग्ने हटियामा चटपटे बेच्न बसेका यूवतीहरुले आमाबुबा भनेर सम्मान सहित बोलाएर चट्पटे बेच्ने गरेका छन । देख्नासाथ बोलाँउदा रहेछन स्थानिय प्रताप थापाले भने हामी सामाजिक तथा धार्मिक कामका लागी चटपटे वेच्दै छाँै खाईदिनहोस भनेर आकर्षण गराए । उच्च शिक्षा अध्ययन गर्ने उमेरका यूवतीले चटपटे वेचेको देख्दा सवै छक्क पर्न थालेका छन । चट्पटे बेच्ने पेशालाई समाजमा अझै राम्रो पेशाको रुपमा लिईदैन ।

गरिब तथा वृद्धले मात्रै चटपटे बेच्छन भन्ने मान्यतालाई समेत यूवतीहरुले परिबर्तन गरीदिएको बेलबारीका पुर्व अध्यक्षय शिब प्रसाद बरालले बताए । सामजिक सञ्जाल मार्फत सानो समुह बनाएर थालिएको अभियानले अहिले बृहत रुप लिएको छ । कुनैपनि निकायमा दर्ता नभएको सञ्जालमा अहिले ९ हजार भन्दा वढी युवतीहरु सामाजिक सञ्जाल मार्फतनै संगठीत भएका छन ।अहिले मोरङ जिल्लामा दुई वटा समुहले काम गरीरहेको छ,सुवेदीले भनिन हामी गछिया देखी उर्लबारी सम्म यो काम गरिरहेका छौँ । आफनै घरवाट खनेकुरा ल्याएर उठेको सवै रकम समुहमा नै राख्ने तथा बुद्धजयन्तीका दिन पकली वृद्ध आश्रममा वृद्ध भोज सहित लत्ता कपडा तथा खाद्यन्न हस्तातरण गर्ने यूवतीहरुले बताएका छन ।

अरु पसलमा भन्दा मिठो चटपटे उनीहरुले वेच्ने गरेको स्थानियहरुले वताए । मुख मिठ्याउदै स्थानीय लक्ष्मण थापाले भने चटपटे बेचेर सहयोग गर्नु नै ठुलो कुरा हो । यूवतीहरुले चटपटे सगै पानी पुरी तथा सर्वत समेत बेच्ने गरेका छन ।

तपाईको प्रतिक्रिया