sunsari udhog banijya sah२८ वैशाख, धरान । सुनसरीका उद्योगी व्यवसायीहरुको छाता संस्था सुनसरी उद्योग बाणिज्य संघकाे अध्यक्षमा राजेन्द्र साह विजयी भएका छन् । साहले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कृष्णकुमार अग्रवाललाई ४१ मतको अन्तरले पराजित गर्नुभएको हो । साहले ५ सय ६७ मत प्राप्त गर्नुभएको थियो भने कृष्णकुमार अग्रवालले ५सय २६ मत प्राप्त गर्नुभएको छ ।

तीनपटकको हारसंगै विजय बनेका साहले सुनसरी उद्योग वाणिज्य संघको कार्यभार सम्हाल्नेवित्तिकै व्यापारी व्यवसायीको हकहितका साथै धरानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । यस्तै वाणिज्यतर्फको सदस्य पदमा २२ जनाले उमेद्वारी दिएका थिए । जसमध्ये नविनराज राजभण्डारी ४ सय १३, गिरिधारी सापकोटा ४ सय ७, मनोज श्रेष्ठ ३ सय ६९, उपेन्द्र चाम्लिङ ३ सय ३०, किरणकुमार अग्रवाल ३ सय ९०, किशन मास्के ३ सय २१ मानबहादुर विश्वकर्मा ३ सय १ र राजेश अग्रवालले २ सय ९५ मत प्राप्त गरी विजयी बनेका छन् ।

 यस्तै उद्योगतर्फको सदस्यमा विजय श्रेष्ठ १ सय ९४, महेन्द्र प्रधान १ सय ७०, शिवराज श्रेष्ठ १सय ६३ र प्युसराज आचार्य १ सय ५७ मत ल्याई विजयी बन्नुभएको छ भने महिलातफ शुभेच्छा अधिकारी श्रेष्ठ विजयी बन्नुभएको छ ।यस्तै एसोसिएटतर्फ अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित हुनुभएको छ उद्योगतर्फको महिला उमेद्वार विमला श्रेष्ठ पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।पूर्वाञ्चलमै महत्वका साथ हेरिने गरेको सुनसरी उवासंघको निर्वातनमा १७ सदस्यका लागी ४० जना भन्दा वढस्को उमेद्वारी परेको थियो । कुल १२ सय ९६ मतदाता रहेको सुनसरी उद्योग बाणिज्य संघमा निर्वाचनमा १ हजार १ सय २७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया