madhesh-banda-mahottari

जलेश्वर, ८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले डिजल र पेट्रोल तस्करी रोक्न भन्दै आईतवारदेखि मोटरसाईकल चलाउन पुर्णरुपले निषेध गरेको छ ।

मोर्चाआवद्ध सदभावना पार्टीका जिल्ला अध्यक्ष रामवावु प्रसाद साह, संघीय समाजवादि फोरम नेपालका जिल्ला उपाध्यक्ष रामकृपाल सिंह, तमसपा केन्द्रिय सदस्य सुरेश पाण्डेय र तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्माको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा आजको मितिदेखि अतिआवश्यक र नाकाबन्दी प्रयोजन बाहेक मोटरसाईकल चलाउन नपाईने जनाइएको छ ।

विगतमा मोटरसाईकलमा सिमापारीबाट पेट्रोललगायतका विभिन्न सामानहरु ल्याई नेपालका विभिन्न ठाउँमा कालोबजारी गर्ने गरेकोले मोर्चाको नाकाबन्दी प्रभावहिन बन्दै गएको प्रति गम्भिर हुँदै मोर्चाले यस्तो निर्णय लिएको विज्ञप्तीमा उल्लेख छ ।

यता मोर्चा कार्यकर्ताहरुले विभिन्न नाकामा हजारौं लिटर डिजल र पेट्रोल नष्ट समेत गरेका छन् । नाकाहरुमा दैनिक जम्मा भएको डिजल र पेट्रोल नष्ट गरिएको छ भने बाटोमा तस्करी गर्दै गरेका डिजल र पेट्रोलसमेत नष्ट गरेको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरलगायतका ठाउँहरु पुर्णरुपमा बन्द छन् । जिल्लाको नाका र मुख्य सडक केन्द्रित गाविसहरुमा मोटरसाईकल, साईकल, पसललगायत सम्पुर्ण बन्द रहेको छ । सरपल्लो गाविसमा रुख काटेरै बाटो अवरुद्ध गरिएकोमा आकश्मिक सेवा लिनेहरुका लागि मोर्र्चाको कार्यकर्ताले बाटो खोलेर जानदिने समेत बताएका छन् ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया