ck-rahut

३० वैशाख,  काठमाडौं। नेपालको सार्वभौमसत्ताविरुद्द अभिव्यक्ति दिँदै आएका सिके राउतको अन्तर्वाता प्रकाशित गर्ने एक टेलिभिजन च्यानललाई आम जनतासमक्ष माफी माग्न निर्देशन दिएको छ ।प्रेस काउन्सिलको आचारसंहिता अनुगमन समितिको बिहिबार बसेको बैठकले विखण्डनकारी अभिव्यक्ति दिने अन्तर्वार्ता प्रसारण गरेको भन्दै एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको हो ।

एविसी टेलिभिजनले ०७२ साल चैत्र १७ गते ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्ता प्रसारण गरेको थियो । उक्त अन्तर्वार्तामा राउतको अभिव्यक्तिबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० ९संशोधित तथा परिमार्जित–२०६४० को दफा ४ ९१० को गम्भीर उल्लङ्घन भएको काउन्सिलको ठहर छ ।

एविसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउँदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । जवाफमा टेलिभिजनले अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।काउन्सिलले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर्‍याएको छ ।

तपाईको प्रतिक्रिया