काठमाडौं, ९ कात्तिक दुर्घटनाको उच्च जोखिम भएकाले सार्वजनिक यातायातमा इन्धन बोक्न प्रहरीले कडाइ गर्न थालेको छ । भारतका सीमावर्ती सहरबाट ड्रम तथा जर्किनमा भरेर पेट्रोल तथा डिजेल नेपाल ल्याएर विभिन्न सहरमा पुर्याउन थालिएपछि प्रहरीले कडाइ गरेको हो । सार्वजनिक सवारीसाधनमा इन्धन ओसार्दा आगो लाग्ने सम्भावना धेरै हुने भएकाले प्रहरीले कडाइ गरेको हो । ठूलो मात्रामा पेट्रोल बोकेको यात्रुबाहक बस गत मंगलबार बाँकेमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो । लु.१ख ५८२८ नम्बरको बस बाँकेको खासकुश्मा भन्ने स्थानमा पल्टिएपछि आगो लागेकाले धेरैको मृत्यु भएको थियो । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैलाई दुर्घटनापछि लागेको आगोले पोलेको थियो । भारतले विगत पाँच सातादेखि गरेको नाकाबन्दीका कारण देशभरि इन्धन अभाव छ । सोही कारण भारतीय बजारका पेट्रोलपम्पबाट ड्रममा पेट्रोल भरेर नेपाल ल्याई महँगोमा बिक्री गरी कालोबजारी भइरहेको छ । सार्वजनिक यातायातबाट पनि त्यसरी पेट्रोल ओसार्ने गरिएको छ । तर, यसले जोखिम बढेकाले सार्वजनिक यातायातमा पेट्रोल ओसार्न र महँगोमा बिक्री गर्नेहरूलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।नयापत्रिकाबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको ...
गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वह...
पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनि...
देश भरीकै ७५३ स्थानीयतहमा शान्तिपुर्ण मतदान हुँदै
स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छ...
चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमान...
कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउ...