गाईघाट (उदयपुर), ९ कात्तिक । चिसो बढ्न थालेपछि उदयपुरको विभिन्न स्थानमा टाइफाइड तथा कमलपित्तको प्रकोप बढेको छ । चिसो बढेसँगै जिल्लाको मध्यपहाडी र पूर्वी क्षेत्रमा टाइफाइड र कमलपित्तको प्रकोप सुरु भएको हो । रामपुर ठोक्सिला तथा बबला र बसाहा क्षेत्रमा ठूला उमेरका मानिसमा टाइफाइडले सताउन थालेको छ भने साना बालबालिकामा कमलपित्त देखापर्न थालेको स्थानीय बताउँछन् ।
सुरुमा अनियमित ज्वरो आउने, रुघाखोकी लाग्ने र बिरामी बिस्तारै सिकिस्त हुने गरेको रामपुर–९ शिखरमणिका गोपाल खत्रीले बताउनुभयो ।
त्यस्तै रामपुर बबला तथा सुन्दपुर क्षेत्रमा अधिकांश बालबालिकामा कमलपित्तको प्रकोप बढेको स्थानीयबासी विष्णुदेव चौधरीले बताउनुभयो ।
अहिले दैनिक ५० जना टाइफाइड र कमलपित्तका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको जिल्ला अस्पतालले बताएको छ ।
चिसो मौसम र प्रदुषित पानीका कारण सो प्रकोप देखिएको चिकित्सकको भनाइ छ ।पुर्वेलिन्युजबाट